Your cart is currently empty!
SayPro शिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धी सूचना
(
दलित महिला केन्द्र नेपाल र सपोर्ट नेपाल को साझेदारिमा सञ्चालित परियोजना आघातबाट सशक्तिकरणको मार्ग (Pathways from Trauma to Empowerment) अन्तर्गत परियोजनाका लक्षित वर्ग लार्ई कोरोना महामारीपछिको समयमा सामान्य अबस्थामा फर्काउन केही राहत सामग्रीहरु वितरण गरी सामाजिक तथा आर्थिक सशक्तिकरणको पाटोमा अग्रसर गराउदै लैजाने उद्देश्य रहेको छ। उक्त उद्देश्य अनुरुप काभ्रे र सर्लाही जिल्लाहरुका लागि तपशिल अनुसारका खाद्य तथा गैर खाद्य सामानहरुको आवश्यकता परेको हुनाले र्ईच्छुक आपुर्तीकर्ता, फर्म, कम्पनी, संस्था वा व्यवसायीले मुल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको, दर्ताको प्रमाण पत्र, आ.व. २०७७/२०७८ सम्मको व्यवसाय नविकरण पत्र, कर चुक्ता प्रमाण पत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपी सहित यस सुचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ जेठ २७ ,५ बजे) भित्र आफ्नो दरभाउ स्पष्ट खुलाई गोप्य शिलबन्दी प्रस्तावनापत्र यस संस्थाको कार्यालयमा पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ।
नोटः
१. शिलबन्दी पेश गर्ने ईच्छुक आपुर्तीकर्ता फर्म, कम्पनी, संस्था वा व्यवसायी अनिवार्य मुल्यअभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्ने छ।
२. माथि उल्लेखित सामानहरु प्रत्येकको ३२१ सेट सर्लाही जिल्लामा र २४३ सेट काभ्रे जिल्लाका पालिकाहरु सम्म उपलब्ध गराउनु पर्नेछ ।
३. दुवै जिल्ला वा कुनै एक जिल्लाको लागि एउटै वा फरक फरक आपूर्तिकर्ता ले आवेदन दिन सक्नेछ ।
४. दरभाउ पेश गर्दा माल सामानको विवरण कम्पनीको नाम तथा उपभोग्य मिति सहितको विवरण राखी छुट्टाछुट्टै दरभाउ राखी पेश गर्न सक्नेछ।
५. शिलबन्दी दरभाउ पेशगर्दा सामान उपलब्ध गराउने समय अनिवार्य,यातायात खर्च उल्लेख गर्नुपर्ने छ ।
विस्तृत जानकारीका लागि तल उल्लेखित ठेगानामा सम्पर्क गर्न सकिने छ ।
दलित महिला केन्द्र नेपाल
शंखमुल मार्ग, बानेश्वर, काठमाडौं, नेपाल
फोन नंः (०१-४७९६४२०)
Leave a Reply
You must be logged in to post a comment.